पन्ध्र दिनभित्र प्रदेशमा नमूना कानून पुग्ने : कानूनमन्त्री

पन्ध्र दिनभित्र प्रदेशमा नमूना कानून पुग्ने : कानूनमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँँ- कानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रदेश सरकार सञ्चालनका लागि छिट्टै नै नमूना कानून बनाएर पठाउने बताएका छन् । रिपोर्टर्स क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अबको १० देखि १५ दिनभित्रमा सबै प्रदेश कार्यालयमा नमूना कानून पु¥याउने बताएका हुन् ।

मन्त्री तामाङले अबको १५ दिनभित्रमा कानून पुगेपछि प्रदेश सरकारले कानूनको अभावले काम रोकिएको भन्न नपाउने बताउँदै आउँदो असोज ३ गतेभित्र सबै कानून बनाइसक्ने बताए । उनले नयाँ संविधानअनुसार मन्त्रालयले ३८६ वटा कानून बनाउनुपर्ने बताउँदै अब बन्ने नयाँ कानून पीडितले न्याय पाउने गरी बन्ने बताए ।

“पीडितले न्यायलयबाट न्याय नपाएको र पीडकले उन्मुक्ति पाउने गरेको सुन्ने गरेको छु”, उनले भने, “पीडितले न्याय पाउने गरी खुशीका साथ न्यायलय जाने वातावरण अब हुनेछ, न्यायलयमा देखिएको विकृतिसमेत अन्त्य गरी यसलाई स्वच्छ र स्वतन्त्र बनाइने उल्लेख गर्दै सुशासन र जनतालाई सहज न्याय पाउने वातावरण बनाउने उनले भने ।

विधिको शासनलाई कडाइका साथ लागू गरिने छ भन्दै उनले भने “कानूनको अभावले होइन, कार्यान्वयनको अभावले बेथिति जन्मिएको हो, अब कोही पनि कानूनभन्दा माथि हुने छैनन् ।” सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउने मात्र नभई सार्वजनिक गर्ने कानून निर्माण गर्न थालेको पनि जानकारी गराए ।