एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – थाइल्यान्डमा हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

मंगलबार आयोजित विशेष कार्यक्रमबिच नेपाल क्रिकेट संघ (क्यान) ले टोलीलाई बिदाइ गरेको हो ।

कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ हप्ताका लागि मैदानबाहिर रहने भएपछि यसपटक टीमको कप्तानी पूजा महतोले गर्ने भएकी छिन् ।

यसअघि उपकप्तान रहेकी पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा गरिएको छ । पूजाले पहिलोपटक सिनियर टोलीको कप्तानी गर्न लागेकी हुन् ।

राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’सँग खेल्नेछ ।