एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग २०२५÷०२६को प्रारम्भिक चरणको खेल खेल्ने भएको छ ।

एशियन फुटबल महासङ्घ (एएफसी)ले समूह विभाजनका लागि सार्वजनिक गरेको ड्र ‘पट’मा समूह ३ मा परेको हो ।

एपीएफ एन्फा महिला लिगको विजेतासमेत हो । गएको संस्करणमा पनि एपीएफले प्रारम्भिक चरणका खेल खेलेको थियो । एएफसीका अनुसार समूह विभाजन शनिबार गरिने छ । यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् ।

यी १९ टोलीलाई ५ वटा समूहमा विभाजन गरिने छ । चार समूहमा चार–चार वटा टोली हुनेछ । एक समूहमा भने ३ वटा टोली हुनेछ । हरेक समूहका विजेता मात्रै मुख्य प्रतियोगितामा खेल्न पाउने छन् ।