काठमाण्डु – काठमाण्डुमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत घरेलु टोली नेपालले बिहीबार आफ्नो दोस्रो खेलमा नेदरल्यान्डको सामना गर्दैछ।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।
नेदरल्यान्ड भने आफूले खेलेको दुवै खेलमा विजयी भएको छ। छनोट खेल अन्तर्गत जिम्बाबेलाई २२ रनले हराउँदै नेदरल्यान्डले प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। त्यसपछि स्कटल्यान्डलाई ७ रनले पराजित गर्दै नेदरल्यान्डले अर्को सफलता हात पारेको थियो ।
नेपाल भने घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ। नेपाल र नेदरल्यान्डले हालसम्म टी–२० मा तीन पटक भिडेका छन् जहाँ तीन खेलमा नेदरल्यान्डले नेपाललाई पराजित गरेको छ।




प्रतिक्रिया