प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफको पोल्टामा


काठमाडौं– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टीम एपीएफले हात पारेको छ।

धनगढीको फाप्ला मैदानमा आइतबार भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७ विकेटले पाखा लगाउँदै एपीएफले उपाधिको रक्षा गरेको हो।

विजेता एपीएफले ५ लाख नगद र ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको पुर्वाञ्चलले भने २ लाखमै चित्त बुझाएको छ।

व्याटिङको निम्तो पाएको पूूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ६० रन मात्र बनायो। उसका काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

एपीएफका रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले एक–एक विकेट लिए।  ६१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको एपीएफले १६ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।

एपीएफका ज्योती पाण्डेयले २२ र सरिता मगरले १५ रनको योगदान गरे।

पूर्वाञ्चलका लागि शान्ती चौधरी र संगिता राईले समान १र१ विकेट लिए। खेलको प्लेयर अफ द फाईनल एपीएफकी ज्योती पाण्डे घोषित भइन्।

यस्तै प्रतियोगीताको वुमन अफ द सिरिज हुँदै पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीले १० हजार नगद हात पारिन् । उत्कृष्ट बलर पनि क्षेत्री नै घोषित भइन्।

यस्तै प्रतियोगिता अवधिभर १ सय ६ रन बनाएकी पुर्वाञ्चलकै काजोल श्रेष्ठ उत्कृष्ट व्याट्सम्यान भइन्।

उदियमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद हुदा फेयर प्लेय टिमको पुरस्कार पनि उनकै टीमले पाएको छ । उत्कृष्ट सबै खेलाडीलाई समान ५र५ हजार नगद वितरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement