श्रीमानसँगै होटलमा बसेकी सिर्जनाले ५ तला माथिबाट हामफालेर गरिन् आत्महत्या

श्रीमानसँगै होटलमा बसेकी सिर्जनाले ५ तला माथिबाट हामफालेर गरिन् आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – जनकपुरमा होटलमा आफ्ना श्रीमानसँगै बसेकी एक महिला मृत फेला गरेकी छन् ।

दुई दिन जनकपुरको रामानन्दचोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसमा आफ्ना पतिसँगै बसेकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली आज (बुधबार) बिहान मृत भेटिएकी हुन् ।

होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

उनले यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस निवासी सिर्जनाको मृत्यु रहस्यमय देखिएको बताए ।

उनका श्रीमान विश्वास सिर्पालीले भने पत्नीले गएराति होटलको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेको दाबी गरेका छन् । तर आत्महत्या हो वा खसालिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

श्रीमान् विश्वासका अनुसार राति १२ बजेसम्म गफगाफ गरेर दुवै जना सुतिएको थियो । तर बिहान साढे ३ बजे ब्युझिँदा नदेखिएपछि खोजबिन गर्दा तल पछारिएको अवस्थामा उनको शव भेटिएको उनको दाबी छ ।

एघार दिनअघि मात्र आफू विदेशबाट फर्किएको र स्कुटीको लाइसेन्स बनाउन दुवै सँगै जनकपुर आएको विश्वासले प्रहरीसमक्ष बयान दिएका छन् ।

घटना शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।