अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौंमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार नेपाल र म्यानमार भिड्दै छन् ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ । म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । आइतबारको खेल नेपाल र म्यानमारका लागि अभ्यास समेत हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा लेवनानलाई समान १–० गोल अन्तरले हराएको थियो । म्यानमारले पनि पहिलो खेलमा कीर्गिस्तानलाई ३–१ ले तथा दोस्रो खेलमा लेवनानमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो ।

म्यानमार र नेपालका लागि यो खेल फाइनल अघिको अभ्यास समेत हुनेछ । तर नेपाली टोली आइतबारको खेलमा जित निकाल्दै फिफा वरियता सुधारको प्रयासमा हुनेछ ।

यो खेलको हार जितको नतिजाले नेपालको उपाधि यात्रामा थप बल पुग्नेछ । नेपाल र म्यानमार महिला फुटबलमा तेस्रो पटक भिड्न लागेका हुन्। यसअघिका दुई भेटमा नेपालले म्यानमारलाई हराउन सकेको छैन ।

नेपाल तेस्रो भेटमा म्यानमारमाथि जित निकाल्न चाहान्छ । तर जारी च्याम्पियनसिपमा म्यानमारलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ ।