महिला टी-२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

महिला टी-२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी महिला टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार समूह सीमा नेपाल, हङकङ र बहराइन रहेका छन् । खेल अन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने छ ।

समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ ।

छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।

तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान,

कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् । हाल भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ ।