काठमाण्डु- घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी–२ शृङ्खलामा लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ । पाहुना टोली थाइल्याण्डका लागिसमेत उपाधिका लागि नेपाललाई हराउनै पर्ने दबाब छ । पाँच खेल खेलिसकेको थाइल्याडले एक खेल गुमाएर आठ अंक बनाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको
नेदरल्याण्ड्सलेसमेत समान आठ अंक बनाएकाले थाइल्याण्डका लागि नेपालसँगको खेल जित्नै पर्ने दबाब छ । यसअघिका दुई भेटमा नेपालमाथि जित निकालेको थाइल्याण्ड उच्च मनोबलका साथ मैदानमा हुनेछ ।
शुक्रबारको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।
प्रतियोगितामा थाइल्याण्ड र नेदरल्याण्ड्सको समान आठ÷आठ अंक छ । रनरेटका आधारमा थाइल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्याण्ड दोस्रो स्थानमा छ । नेपाल भने अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ ।




प्रतिक्रिया