`महिलाका लागि महिला´ कार्यक्रम सम्पन्न


काठमाण्डु – ललितपुर महानगरपालिका भित्र महिलाका लागि महिला उद्यमी अभियानले आयोजना गरेको ‘महिलाका लागि महिला’ विषयक सात दिने कार्यक्रम सम्पन्न भएको छ । महिलालाई उद्यमशीलकासाथै आर्थिक परनिर्भरता बनाउने उद्देश्यले साउन १० गतेबाट ललितपुर महानगरपालिकाभित्रका महिलाका लागि महिला उद्यमी र महिला संजालले सञ्चालन गरेको कार्यक्रम आज सम्पन्न भएको हो ।

जावलाखेलमा एक हप्तासम्म सञ्चालित कार्यक्रममा महिलाहरूलाई उद्यमशीलताबारे जानकारी दिइएको थियो। महिलाहरूलाई उद्यमशीलतातर्फ सक्षम बनाउन र महिलाद्वारा उत्पादित कुनै पनि उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्नेमा कार्यक्रम केन्द्रित थियो

ललितपुरको जावलाखेलमा एक हप्तासम्म सन्चालित खुला महिला उद्यमशीलता प्रबर्धन कार्यक्रममा महिलाहरुलाई उद्यमशिलतर्फ सक्षम बनाउनु र महिलाद्वारा उत्पादित कुनै पनि उत्पादनको बजारीकरण गर्न सहयोग गर्नुको साथै महिलाका लागि सहज परिचालनको रुपमा साइकललाई आफ्नो साधन बनाउन पनि जोड दिइएको कार्यक्रमकी संयोजक निशा श्रेष्ठले बताइन् ।

ललितपुर भित्र बसोबास गर्ने हरेक महिलाहरुको सशक्तीकरणका लागि, आयस्तरमा वृद्धिका लागि उद्यम गरिरहेका महिलालाई थप हौसला प्रदान गर्न र उद्यम गर्न चाहने महिलाहरुका लागि सहजीकरण गर्न र ब्यवसायिक ढंगले व्यवसायमा हात हालेका उद्यमिहरुलाई पनि एकै छाता मुनि ल्याउने मुख्य उदेश्य का साथ यस कार्यक्रमको आयोजना गरिएको ललितपुर महानगरपालिका महिला बिकास प्रमुख महेश्वरी बिष्टले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement