१०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला


एजेन्सी – प्रसिद्ध कस्मेटिक ब्रान्ड लोरियलकी उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् । यो फ्रान्सेली सौन्दर्य प्रसाधन कम्पनी बेटेनकोर्टको हजुरबुबाद्वारा स्थापित गरिएको थियो।

पछिल्लो समय कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । विश्वका धनी व्यक्तिको वरियतामा उनी १२ औं धनी व्यक्ति बनेकी छिन् । गत बिहीबार पेरिसमा लोरियलको शेयरले कीर्तिमानी उचाइमा पुगेको थियो। कम्पनीको बिक्री पनि महामारीपछि सबैभन्दा बढेको छ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ७० वर्षीय बेटेनकोर्ट मेयर्सको कुल सम्पत्ति १०० अर्ब नाघेको छ । यद्यपि, उनी अझै पनि फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टको १७९ बिलियन सम्पत्ती भन्दा धेरै टाढा छिन्।

अर्नाल्ट एलभीएमएचको संस्थापक हुन्, जुन संसारको सबैभन्दा ठूलो लक्जरी समूह हो। यस कम्पनीको पोर्टफोलियोमा फेन्डी र लुइस भिटनजस्ता प्रसिद्ध ब्रान्डहरू समावेश छन्।

बेटेनकोर्ट मेयर्स कम्पनीको बोर्डका उपाध्यक्ष हुन्। उनी र उनको परिवारको लोरियलमा अधिकतम ३५ प्रतिशत सेयर छ। उनकी आमा लिलियान बेटेनकोर्टको सन् २०१७ मा मृत्यु भएको थियो, त्यसपछि उनी उत्तराधिकारी भइन्। लिलियान फ्रान्सको सबैभन्दा धनी व्यक्तिको रूपमा चिनिन्थ्यिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement