नेपाललाई विश्व बैंकको साढे तीन अर्ब आपत्कालीन सहयोग

नेपाललाई विश्व बैंकको साढे तीन अर्ब आपत्कालीन सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्व बैंकले नेपाललाई २ करोड ९० लाख अमेरिकी डलर अर्थात् करिब साढे तीन अर्ब रुपैयाँ आपत्कालीन सहयोग प्रदान गरेको छ। विश्व बैंकले यो सहुलियत ऋण सहयोग अन्तर्गत उपलब्ध गराएको हो।

कोभिड–१९ आपत्कालीन सम्बोधन तथा स्वास्थ्य प्रणाली परियोजनालागि प्रदान गरिएको उक्त सहयोग नेपालमा कोरोना भाइरस रोकथाम, पहिचान तथा निदानका लागि स्वास्थ्यसामग्री तथा प्रयोगशाला स्तरोन्नति लगायतमा खर्च गरिनेछ। सहयोग सम्बन्धि सम्झौतामा अर्थ सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका राष्ट्रिय व्यवस्थापक फारिस एच. हदाद जर्भोसले हस्ताक्षर गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको नियम तथा विश्व स्वास्थ्य संगठनको कार्यविधिमा आधारित रहेर संक्रमितहरुको पहिचान र सम्पर्क पहिल्याउन आपत्कालीन सहायता प्रदान गर्ने विश्व बैंकले उल्लेख गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्ने यो परियोजना कोरोनाको महाव्याधिसँग जुझ्न आवश्यक पूर्वतयरी अन्तर्गत सघन उपचार कक्ष, शय्याहरु विस्तार, अलग्गिएर बस्ने सुविधा देशभर विस्तार गरिनेछ ।

सचिव ढुंगानाले कोरोना भाइरसको महामारी शुरु भएलगत्तै नेपालले कोरोना भाइरसको सम्भावित संकट नियन्त्रणका लागि विभिन्न सुरक्षात्मक उपायहरु अपनाएकोले सामाजिक आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै अर्थतन्त्रको पुनःस्थापनाका लागि थप सहयोगको अपेक्षा गरेको बताए ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।