‘डुइङ विजनेस– २०२०’ मा नेपाल ९४ औं स्थानमा उक्लियो

‘डुइङ विजनेस– २०२०’ मा नेपाल ९४ औं स्थानमा उक्लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले व्यवसाय गर्ने वातावरणमा सुधार गरेको छ । विश्व बैंकले हरेक वर्ष सार्वजनिक गर्दै आएको ‘डुइङ विजनेस’ रिपोर्टले नेपालमा लगानीको वातावरण सुधार भएको उल्लेख गरेको छ ।

‘डुइङ विजनेस– २०२०’ मा नेपालले अघिल्लो वर्षको तुलनामा १६ अंक सुधार गरेर ९४ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल ११० औं स्थानमा थियो । डुइङ विजनेसका १० सूचकांकमध्ये ५ मा सुधार, २ सूचकांक स्थिर र ३ ओटामा गिरावट आएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

भारतले अघिल्लो वर्षको तुलनामा १४ अंक सुधार गरी ६३ औं स्थानमा रहेको छ । यद्यपि व्यावसायिक वातावरण उल्लेख्य सुधार गर्ने २० देशहरुमा नेपाल समावेश छैन ।

सबैभन्दा राम्रो सुधार गर्नेमा भने साउदी अरेविया देखिएको छ । नेपाल १६ औं स्थानमाथि उक्लिए पनि धेरै राम्रो सुधार गर्ने देशहरुको सूचीको टप १० मा पर्न सकेको छैन ।

छिमेकी राष्ट्र भारत, चीन, पाकिस्तान, बंगलादेश उल्लेख्य सुधार गर्ने २० राष्ट्रभित्र परेका छन् । १९० राष्ट्रमध्ये डुइङ विजनेसमा नेपाल पहिलो पटक एकसय राष्ट्र भित्र पर्न सफल भएको हो ।

यी हुन टप-टेन भित्र पर्ने देश

१. साउदी अरेविया
२. जोर्डन
३. टोगो
४. बहराइन
५. ताजिकिस्तान
६. पाकिस्तान
७. कुवेत
८. चीन
९. भारत
१० नाइजेरिया