विश्व बैंकले नेपाललाई दियो १४ अर्ब : ऋण १ लाख नेपालीलाई रोजगारी दिने लक्ष्य

विश्व बैंकले नेपाललाई दियो १४ अर्ब : ऋण १ लाख नेपालीलाई रोजगारी दिने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बैंकले नेपाललाई १४ अर्ब रुपैंयाँ ऋण दिने भएको छ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विश्व बैंकले नेपाललाई ऋण प्रदान गरेको हो । विश्व बैंकबाट प्राप्त ऋण सहयोगमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) को शुभारम्भ भएको छ ।

अर्थ मन्त्रालय र विश्व बैंकबीच नोभेम्बर २०१९ मा यस परियोजनाका लागी हस्ताक्षर भएको थियो । (युवारुप) प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी आगामी चार वर्षसम्म सञ्चालन हुने छ । यस आयोजनाको कुल रकम झण्डै १४ अर्ब रुपैंयाँ रहेको छ । यस परियोजनाले एक लाख बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने लक्ष्य राखेको छ । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार ६० प्रतिशत महिला लाभान्वित हुनेछन् ।

बिपन्न, बेरोजगार युवालाई रोजगारी दिलाउने परियोजनाको लक्ष्य रहेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलङ्कका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले संयुक्त रुपमा परियोजनाको शुभारम्भ गरेका छन् ।