विश्वका ३० प्रदूषित सहरमा काठमाडौं सातौं नम्बरमा

विश्वका ३० प्रदूषित सहरमा काठमाडौं सातौं नम्बरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  काठमाडौंको आकाश लगातार धुम्म छ। दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो–यहाँ पनि उत्तैको विषक्त वायु त आइपुगेन? तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन।

काठमाडौंको वायुमण्डल आफैँमा प्रदूषित छ। हामीले पलपल सास फेर्ने हावामा धुवाँ र धुलोको मात्रा अत्यधिक छ। सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धुवाँधुलो रेकर्ड भएको छ।

पूर्वाधार निर्माण, सवारी साधन, इँटाभट्टा, घरभित्रको धुवाँ, फोहोर जलाइनु, कलकारखाना लगायत काठमाडौंको धुवाँधुलोका मुख्य स्रोत भएको छ।

स्वीट्जरल्याण्डका विशेषज्ञहरुको एउटा समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यु एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदुषित सहरको सूचीमा काठमाडौं सातौं नम्बरमा परेको छ।याे समाचार कान्तिपुर दैनिकमा छ ।