आज टी-२० विश्वकप फाइनल: वर्षाले खेल अवरुद्ध भए विजेता टिमको घोषणा कसरी गरिन्छ ?

आज टी-२० विश्वकप फाइनल: वर्षाले खेल अवरुद्ध भए विजेता टिमको घोषणा कसरी गरिन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी टी-२० क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुने भएको छ । फाइनल उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच आज नेपाली समय अनुसार राति ८: १५ बजेदेखि भिडन्त हुने भएको हो ।

जारी विश्वकपमा दुवै टोली अपराजित हुन् । त्यसकारण आजको खेलमा पनि सोही लय कायम राख्दै विश्व च्याम्पियन बन्न चाहन्छन्। दक्षिण अफ्रिकाका पहिलो पटक विश्वकपको फाइनल पुगको हो ।

यता भारतले पनि एक पटक टी-२० विश्वकपको उपाधि हात पारेको छ, भने दुई पटक फाइनल पुगेको छ । भारतले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको उपाधि जितेको थियो भने २०१४ मा उपविजेता बनेको थियो । दक्षिण अफ्रिकासँग भने विश्वकपको फाइनल खेलेको कुनै अनुभव छैन। आजको खेल दक्षिण अफ्रिकाका लागि चुनौतिपुर्ण हुनेछ ।

वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा आजको फाइनल खेल हुने भएको छ । तर, ब्रिजटाउनको स्टेडियममा पानी पर्ने सम्भावना ५० प्रतिशत रहेको मौसमविद्ले बताएका छन्। फाइनल खेलका लागि आईसीसीले १ सय ९० मिनेट अतिरिक्त समय छुट्याएको छ।

वर्षाले खेल प्रभावित भए कम्तीमा १० ओभरको खेल खेलाएर भए पनि विजेता घोषणा गर्ने निर्णय आईसीसीले गरिसकेको छ। त्यस्तै फाइनल खेलका लागि आईसीसीले रिजर्भ डेसमेत राखेको छ। शनिबार वर्षाले खेल हुन नसकेको अवस्थामा मात्र आइतबार रिभर्ज डेमा फाइनल खेल हुनेछ।

शनिबार वर्षाले खेल अवरुद्ध भए आइतबार रोकिएको अवस्थाबाटै खेल सुरु हुनेछ। आइतबार २० प्रतिशत वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ। रिजर्भ डेमा पनि खेल हुन सकेन भने भारत र दक्षिण अफ्रिका संयुक्त रूपमा विजेता हुनेछन्।

भारतिय टोली

रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या, यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सैमसन, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज

वैकल्पिक खेलाडीः शुभमन गिल, रिंकु सिंह, खलील अहमद, आवेश खान

दक्षिण अफ्रिकी टोली‍

एडेन म (कप्तान), ओटनियल बार्टम्यान, गेराल्ड कोएत्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्टजे, कागिसो रबाडा, रायन रिकेल्टन, तब्राइज शम्सी, स्टब्स स्टुब्स।