आईसीसी टी–२० विश्वकप : आज नेपाल र इटली भिड्दै

आईसीसी टी–२० विश्वकप : आज नेपाल र इटली भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीसँग खेल्दै छ ।

समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ ।

१३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ ।

दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो।

दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले सुपर-८ मा पुग्न यो खेल जित्नैपर्ने दबाबमा छन्।

यस्तै आज बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकासँग भिड्ने छ भने साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।

नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन् । कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन् । डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ ।

इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ । नियमित कप्तान वेन म्याडसन चोटका कारण उपलब्ध छैनन् । जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन् ।