काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल वेस्ट इन्डिजसँग हारेको छ । यो हार सँगै नेपाल सुपर आठबाट बाहिरीएको छ ।
आइतबार भएको खेलमा वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले हराएको हो ।
वेस्ट इन्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा आउट भए भने कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित रहे।
समूह सी मा रहेको वेस्ट इन्डिज तीन खेलमा अपराजित रहेर ६ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुगेको हो।
यसअघि भारतको मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३३ रन बनाएको छ ।
संकटमा परेको टिमलाई ऐरीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेलेर सम्हालेका हुन् । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि यो विश्वकपमा यो दोस्रो अर्धशतक हो। यसअघि नेपालले सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक हानेका थिए।
यस्तै सोमपाल कामीले २६ रनको योगदान दिए भने लोकेश बमले १३ रन जोडे ।
यसैगरी गुल्सन झा ११ रन बनाउँला रोष्टन चेसको बलमा बोल्ड भए।आरिफ शेख ८ बलमा २ रन बनाउँदा जेसन होल्डरको बलमा क्याच आउट भए।
वेस्ट इन्डिजका जेशन होल्डरले सर्वाधिक चार विकेट लिए । त्यस्तै अकेल हुशेन, म्याथु फोड, समार जोसेप र रोस्टोन चेसले एक एक विकेट लिए ।




प्रतिक्रिया