विश्वकप फुटबल : २८ वर्षपछि स्कटल्याण्डको पुनरागमन

विश्वकप फुटबल : २८ वर्षपछि स्कटल्याण्डको पुनरागमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकप २०२६ मा समूह चरणको दोस्रो खेलमा हाइटीविरुद्ध स्कटल्यान्ड विजयी भएको छ।

आइतबार बिहान भएको खेलको २८औँ मिनेटमा जोन म्याकगिन्नले गोल गरेर स्कटलयान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि हाइटीका खेलाडीले गोल फर्काउन सकेनन्।

२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले विश्वकपमा जित निकालेको छ । सन् १९९८ पछि स्कटल्याण्ड विश्वकपमा हाल समावेश भएको हो । हाइटी भने विश्वकपमा ५२ वर्षपछि खेलेको हो । हाइटीले पछिल्लो विश्वकप १९७४ मा खेलेको थियो ।

जितसँगै तीन अंक हात पारेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ। यो समूहमा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन्।