काठमाण्डु – फिफा विश्वकप फुटबल प्रतियोगितामा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३–१ को जित निकालेको छ।
मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा विश्वकपअन्तर्गत समूह केको रोमाञ्चक खेलमा उज्वेकिस्तानविरुद्ध कोलोम्बियाले ३–१ को जित निकाल्दै विजयी सुरुवात गरेको हो । कोलोम्बिया जामिन्टोन क्यामपाजले खेलको ९० प्लस ९ मिनेटमा तेस्रो गोल गरेका थिए।
यसअघि, उज्वेकिस्तानले गोल गरेपछि कोलोम्बियाले पुनः गोल फर्काउँदै कोलोम्बियाले २-१ को अग्रता लिएको थियो। खेलको ४०औँ मिनेटमा डेनियल मुनोजले गोल गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए।
त्यसपछि, उज्वेकिस्तानका अब्बोसबेक फायजुलिभले खर्लको ६० औँ मिनेटमा गोल गरेर बराबरीमा ल्याएका थिए। लगत्तै कोलोम्बियाका लुइस डियाजले ६५ औँ मिनेटमा दोस्रो गोल गरेर फेरि अग्रता कायम गरेका छन्। एसियाली राष्ट्र उज्बेकिस्तानले यसै खेलबाट विश्वकपमा डेब्यु गरेको हो।




प्रतिक्रिया