विश्वकप फुटबल : कुरासाओ र इक्वेडरको खेल बराबरीमा टुंगियो

विश्वकप फुटबल : कुरासाओ र इक्वेडरको खेल बराबरीमा टुंगियो


काठमाण्डु – फिफा विश्वकप अन्र्गगत आइतबार बिहान भएको खेलमा कुरासाओ इक्वेडर गोलरहित बराबरीमा सकिएको छ।

अमेरिकाको कान्सास सिटीस्थित बाउन्ड्रिङ रंगशालामा भएको समूह ‘इ’ को खेलमा इक्वेडर र कुरासाओ आमनेसामने भएका थिए। निर्धारित समयमा दुवै टोलीले गोल गर्न सकेनन्। तर पनि गोलकिपर एलोय रुमले १५ सेभ गरेपछि कुरासाओले फिफा विश्वकपमा पहिलो अंक जोडेको छ।

यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । क्युरासाओ जर्मनीसँग ७–१ ले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १–० ले पराजित भएको थियो । नतिजा बराबरी भएसँगै दुवै टोलीले १-१ अंक जोडेका छन् ।