काठमाण्डु – फिफा विश्वकपअन्तर्गत भएका खेलमा पोर्चुगल र क्रोएसियाले जित हात पारेका छन्।
समूह केअन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्यो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा कर्नरबाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए ।
त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।
जितसँगै पोर्चुगल समूह केको अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ ।
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
यस्तै इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले ।
समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।
विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ ।
पानामामाथि क्रोएसियाको साँधुरो जित
यस्तै समूह ‘एल’को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। टोरन्टोमा भएको खेलमा प्राप्त यो जितसँगै क्रोएसियाले समूहमा पहिलो अंक जोडेको हो।
अब शनिबार घानाविरुद्ध हुने खेलमा जित निकाल्न सके क्रोएसियाले अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ। यसअघि सोही समूहको अर्को खेलमा घाना र इंग्ल्याण्ड गोलरहित बराबरीमा रोकिएका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पानामाले तीव्र गतिमा आक्रमण गर्दै २०१८ विश्वकप उपविजेता क्रोएसियालाई दबाबमा राखेको थियो। टोलीको कमजोर प्रदर्शनपछि प्रशिक्षक ज्लाट्को डालिचले दोस्रो हाफ सुरु हुनासाथ दुई आक्रमणात्मक परिवर्तन गरेका थिए।
दोस्रो हाफ सुरु भएको ९ मिनेटमै वैकल्पिक खेलाडी आन्ते बुडिमिरले जोसिप स्टानिसिचको लो(क्रसलाई सहजै गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।
यही एक गोल खेलको निर्णायक बन्यो र त्यससँगै पानामाको विश्वकप यात्रा समूह चरणमै लगभग समाप्त भएको छ। लगातार दोस्रो हारसँगै पानामा प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको हो।
अब क्रोएसियाले शनिबार फिलाडेल्फियामा घानासँग प्रतिस्पर्धा गर्नेछ भने पानामाले सोही समयमा न्यु जर्सीमा इंग्ल्याण्डसँग आफ्नो अन्तिम समूह चरणको खेल खेल्नेछ।




प्रतिक्रिया