कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा

कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकप २०२६ मा कोलम्बियाले डिआर कंगोलाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

बुधबार बिहान भएको खेलमा जितसँगै कोलम्बिया अन्तिम ३२ मा प्रवेश गरेको छ। दुई खेलबाट उसको ६ अ‌क भएको छ र समूह केको शीर्ष स्थानमा रहेको छ।

सोही समूहमा रहेको पोर्चुगलको चार, कंगोको एक र उज्वेकिस्तानको शुन्य अंक छ। सबैले अब लिग चरणमा अन्तिम खेल खेल्न बाँकी छ।

खेलमा कोलम्बियाले सुरुवातदेखि नै खेलमा नियन्त्रण जमाएको थियो। कंगोले बराबरी फर्काउने केही प्रयास गरे पनि कोलम्बियाको रक्षापंक्ति मजबुत रहेको थियो । विशेषगरी अन्तिम क्षणहरूमा कंगोले दबाब बढाए पनि फिनिसिङ कमजोर हुँदा गोल गर्न सकेन।

खेल सकिने समय नजिकिँदै जाँदा कोलम्बिया समर्थकहरूले खेल समाप्तिको माग गर्दै उत्साहपूर्ण वातावरण बनाएका थिए। अन्ततः रेफ्रीले सिटी बजाउँदै खेल समाप्त गरेपछि कोलम्बियाको १–० को जित सुनिश्चित भयो।