काठमाण्डु – ब्राजिल, मोरक्को र स्विट्जरल्यान्ड विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्।
बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो। मियामी स्टेडियममा भएको समूह सीको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको छ। जितसँगै ब्राजिलको ७ अंक छ।
यस्तै मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। बिहीबार बिहान भएको खेलमा मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो।
समूह सीअन्तर्गत एटलान्टा स्टेडियममा भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले हराएको हो। समूह सीमा ब्राजिलको ७ अंक छ। ब्राजिलसँग समान ७ अंक रहेका कारण मोरक्को हेड टु हेडअनुसार उपविजेता बनेको छ।
यसैगरी, स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोली क्यानडालाई २–१ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह बीको समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो।
स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे। उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए।
स्विट्जरल्यान्डले तीन खेलबाट सात अङ्क जोड्यो। पराजित क्यानडा पनि समूह बीको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। क्यानडाको चार अङ्क छ। यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि परेको छ ।
कतार बाहिरियो
यसबीच बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गरेको छ।
अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ।
बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। एक अङ्क बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ।




प्रतिक्रिया