काठमाण्डु – फिफा विश्वकप फुटबलमा नेदरल्याण्ड्स, जापान र स्वीडेन नकआउट चरण पुगेको छ ।
समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले हराएको छ ।
६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नेदरल्याण्ड् ३–१ ले विजयी भयो । सबै खेलमा पराजित ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ ।
यस्तै अर्को खेलमा जापान र स्वीडेनले १–१ को बराबरी खेलेका छन् । जापानका डेजिन मेदाले ५५ औँ मिनेटमा गोल गरे भने स्वीडेनका एन्थोनी एलेग्नाले ६१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।




प्रतिक्रिया