विश्वकप फुटबल : उज्वेकिस्तानलाई पराजित गर्दै कंगो ५२ वर्षपछि नकआउटमा

विश्वकप फुटबल : उज्वेकिस्तानलाई पराजित गर्दै कंगो ५२ वर्षपछि नकआउटमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै डिआर कंगो नकआउट चरणमा प्रवेश गरेको छ। कंगो ५२ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो। समूहमा उत्कृष्ट तेस्रो भन्दै डीआर कंगो नकआउटमा प्रवेश गरेको हो।

खेलको पहिलो हाफमा उज्वेकिस्तानले १–०को अग्रता बनाएको थियो। दोस्रो हाफमा डीआर कंगोले पुनरागमन गर्‍यो। खेलको १० औं मिनेटमा उज्वेकिस्तानका एल्डोर सोमुरोडोभ बोल गर्दै अग्रता बनाएका थिए।

पहिलो हाफमा यही गोलको आधारमा उज्वेकिस्तानले अग्रता बनायो। खेलको दोस्रो हाफमा ६८ औं मिनेटमा कंगोले पेनाल्टीको मौका पायो। जसलाई योवान विसाले उज्वेकिस्तानको पोस्टमा सजिलै प्रहार गरिदिए।‌ यही गोल मार्फत कंगोले उज्वेकिस्तानसँग बराबरी गर्‍यो।

खेलको ७८ औं मिनेटमा फिस्टन मायोलेले गोल गर्दै कंगोलाई २–१ अग्रतामा ल्याए। निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयमा योवान विसा व्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरे। यही गोल नै निर्णायक सावित भयो।

४ अंकसहित डिआर कंगो तेस्रो स्थानमा रह्यो। यो समूहबाट कोलम्बिया, पोर्चुगल र डिआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्।