विश्वकप फुटबल : आयोजक अमेरिकाको विजयी सुरुवात

विश्वकप फुटबल : आयोजक अमेरिकाको विजयी सुरुवात

पाराग्वेका डिफेन्डर बोबाडिल्लाले गरे आत्मघाती गोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकप फुटबल २०२६ मा अमेरिकाले सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ।

शनिबार विहान भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ गोलले हराउँदै घरेलु मैदानबाट विश्वकपमा विजयी सुरुवात गरेको हो ।

लस एन्जलसमा भएको खेलमा अमेरिकाले सातौँ मिनेटमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले गरेको आत्मघाती गोलमार्फत अग्रताको सुरुवात गरेको थियो ।

पहिलो हाफको ३१औँ मिनेट अमेरिकाका फोलारिन बालोगुन गोल गर्दै २–० को अग्रता कायम गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बालोगुनले थप १ गोल गरी अमेरिकालाई ३-० गोलको अग्रता बनाएका थिए ।

माउरिसिओले ७३औँ मिनेटमा पाराग्वेको तर्फबाट पहिलो गरे । तर, अमेरिकाले दोस्रो हाफको इन्जुरी समयमा पनि एक गोल थप्यो । दोस्रो हाफको इन्जुरी समयमा अमेरिकाका जियोभानी रेयना गोल गरे । अन्ततः नतिजा अमेरिकाको पक्षमा पर्‍यो ।

यसअघि शनिबार बिहान भएको घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा टुंगिएको थियो ।

सहआयोजक समेत रहेको क्यानडाले टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक-एक गोलको बराबरी खेलेको हो ।

खेलको २१औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन । ७८ औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।

काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए । त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक-एक अंक बाँडेका छन् । यो बराबरीसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक अंक हासिल गरेको हो ।

क्यानडाले यसअघि सन् १९८६ र २०२२ का विश्वकपमा सहभागिता जनाउँदा सबै खेल गुमाएको थियो। १९८६ मा तीनै खेल हारेको क्यानडाले २०२२ मा पनि तीनै खेलमा पराजय बेहोरेको थियो।

विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरुआत गरेका छन् ।