विश्वकप फूटबल : आइतबार बिहान ब्राजिल र मोरक्को तथा स्कटल्यान्ड र हाइटी खेल्दै

विश्वकप फूटबल : आइतबार बिहान ब्राजिल र मोरक्को तथा स्कटल्यान्ड र हाइटी खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकप–२०२६ अन्तर्गत आईतबार बिहान २ खेल हुँदैछन् ।

समूह चरणको बहुप्रतिक्षित खेलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमनेसामने हुँदैछन् ।

न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार आइतबार बिहान पौने ४ बजे हुनेछ ।

यस्तै आइतबार बिहान पौने ७ बजे स्कटल्यान्ड र हाइटीबिच खेल हुँदैछ ।

कतारमा भएको विश्वकपमा ब्राजिलको यात्रा क्वार्टर फाइनलसम्म पुगेर रोकिएको थियो । त्यसको ४ वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम ८ मै रोकिएको थियो । यसपालि ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ ।

उता एट्लास लायन्स भनेर चिनिने मोरक्कोसँग गत संस्करण गरेको ऐतिहासिक प्रदर्शन दोहोर्‍याउने चुनौती छ । कतारमा टोलीले सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको ब्राजिलले ११४ मध्ये ७४ खेलमा विजयी हासिल गरेको छ । ब्राजिलले ५ पटक विश्वकप जितेको छ ।

सातौं विश्वकप खेलिरहेको मोरक्कोलाई यसपटक प्रतियोगिताकै सबैभन्दा ठूलो ‘डार्क हर्स’का रूपमा हेरिएको छ । ब्राजिलसँगको पछिल्लो ३ भेटमध्ये १ मा मोरक्कोले जीत हासिल गरेको छ ।

ब्राजिलका गोलकर्ता मेसिन नेइमार आइतबारको खेलमा उपस्थित नहुने सम्भावना बलियो छ । राइटब्याक वेस्ली मांसपेशी समस्याका कारण टोलीबाट बाहिरिएका छन् । उनको ठाउँमा एट्लान्टाका मिडफिल्डर एडर्सनले मौका पाएका छन् ।

यता उत्तर अमेरिकी राष्ट्र हाइटी ५२ वर्षपछि विश्वकपमा फर्किएको छ । विश्वकप २०२६ का ४८ राष्ट्रमध्ये हाइटी फिफा वरीयतामा पुछारबाट दोस्रो स्थानमा छ । स्कटल्यान्ड आफ्नो नवौं विश्वकप अनुभव लिँदैछ ।