एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपमा कोरोना भाइरसको नयाँ लहर फैलिन सक्ने भन्दै चेतावनी दिएको छ ।
कोरोनाले निकै आक्रान्त पारेको युरोपमा जनजीवन सहज हुँदै गर्दा एब्ल्युएचओले यस्तो चेतावनी दिएको हो । झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी हुन पुगेसँगै डब्ल्युएचओले चिन्ता व्यक्त गरेको हो ।
बिहीबार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्युएचओले युरोपमा सङ्क्रमितको संख्या १० प्रतिशतले वृद्धि भएको भन्दै सावधानी अपनाउन आग्रह गरेको थियो ।




प्रतिक्रिया