एजेन्सी – हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण पैसाबाट समेत सर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यसैले सजगता अपनाउनका लागि संगठनले आग्रह गरेको छ । यसअघि देखिएका अन्य विभिन्न किसिमका संक्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्ने भएकाले सजगता अपनाउन संगठनले आग्रह गरेको हो ।
पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि चीनमा कोरोना प्रभावित क्षेत्रबाट संकलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो । यसअघिको अध्ययनले पनि पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना धेरै भएको पुष्टि गरिसकेको छ ।
पैसामा पनि सुक्ष्म जीव बाँच्न र बढ्न अनुकुल वातावरण भएको प्रमाणित भइसकेको न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनले देखाएको छ । चिकित्सकहरुले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताएका छन् ।




प्रतिक्रिया