विश्वका प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा

विश्वका प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनीता शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वका प्रेरणादायक र प्रभावशाली महिलाको सूचीमा सामाजिक अभियान्ता नेपालकी चेली बोनीता शर्मा पनि समावेश भएकी छन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)ले हरेक वर्ष सार्वजनिक गर्दै आएको विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक र प्रभावशाली १०० महिलाहरुको सूचीमा शर्मा पनि पर्न सफल भएकी हुन् ।

शर्मासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई पनि बीबीसीले प्रभावशालीको सूचीमा राखेको छ । प्रभाशाली विश्वको पहिलो नम्बरमा प्रिसियस आडम्स परेकी छन् । अमेरिकाकी उनलाई कला क्षेत्रमा र्पुयाएको योगदानको मूल्यांकन गर्दै पहिलो नम्बरमा राखिएको हो । आइरन लेडी अफ काश्मीरको उपमा पाएकी मानव अधिकारवादी प्रभीना अह्यांगर दोस्रो नम्बरमा छिन् । त्यस्तै, तेस्रो र चौथोमा क्रमशः इटालीकी राजनीतिक पियरा अइलो र क्रिकेटर जस्मिन अक्तर परेका छन् ।

निकै संघर्ष गरेर आएकी शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक हुन् । उनी नेतृत्वको संस्थाले महिला सशक्तीकरणसँगै पोषण क्षेत्रमा काम गर्दै आइरहेको छ । बीबीसीले महिला सशक्तिकरणसँगै पोषण क्षेत्रमा शर्माले र्पुयाएको योगदानको कदर गर्दै विश्वका १०० प्रभावशाली महिलाको सूचीमा उनलाई पनि समेटिएको बताएको छ ।

आमाको प्रेरणाले डिग्री हासिल गरेकी पोषण सुधार अभियन्ता बोनितालाई चुलोचौकोमा मात्रै केन्द्रित नभई निर्धक्कसँग बालिका तथा महिलाहरुले पनि शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला तथा बालिकाको शिक्षा तथा सशक्तिकरणमा गरेको योगदानको कदर गर्दै बिबिसीले उक्त सूचीमा राखेको हो । महिला शिक्षाका लागि उनका परियोजनाले खेलेको भूमिकाको सम्मान गर्दै युनेस्को मलाला कोषबाट उनको संस्था पुरस्कृतसमेत भएको छ ।