विश्वकै धनाढ्य वारेनले सामसङको सट्टा अब आईफोन ११ बोक्ने


एजेन्सी – विश्वकै धनाढ्यमा शीर्ष पाँचमा पर्दै आएको वारेन बफेटलाई लिएर जो कोहीलाई पनि उनलाई कुनै चिजको कमी हुँदैन जस्तो लाग्छ होला । यो सही पनि हो । तर उनले बोकेको फोन २० डलर अर्थात २२०० रुपैयाँ मात्रैको रहेको छ । उनले यही मूल्यको सामसङ फोन प्रयोग गर्दै आएका छन् । तर उनले आफुलाई अपडेट गर्दै एप्पल आईफोन ११ प्रयोग गर्न थालेका छन् । यो कुराको खुलासा स्वयं वारेन बफेटले गरेका हुन् ।

बफेटले वर्षौदेखि आफ्नो पुरानो सामसङको फ्लिप फोन प्रयोग गर्दै आएका थिए । अब यसको सट्टा उनले एप्पललाई छनौट गरेका छन् । उनले एक अन्तर्वार्ताको समयमा भनेका छन्,“मेरो फ्लिप फोन सधैका लागि बन्द भएको छ र नम्बर पनि फेरिएको छ ।” अब उनले आईफोन–११ प्रयोग गर्न थालेका छन् ।

वारेन बफेटले भनेका छन्, “तपाई उक्त ८९ वर्षको व्यक्तिलाई हेरिरहनु भएको छ, जो नयाँ फोनको सुरुवात गरिरहेको छ ।” उनी अन्य मानिस जस्तै यो फोनको सबै फीचर्स प्रयोग गर्दैनन् । अनुसन्धान र धितोपत्र बजार हेर्नका लागि आईप्याड प्रयोग गरिरहेको उनले पहिले पनि बताइसकेका छन् ।

अन्तर्वार्ताको समयमा उनले भने, “आईफोन–११ मैले आफैले खरिद गरेको होइन , यो उपहारमा प्राप्त भएको हो ।” कयौं मानिसले आईफोन गिफ्ट गरेको र यस मध्ये एप्पलका सीईओ टिम कुक पनि समावेश भएको उनले बताए । कुकले पहिले पनि बफेटलाई आईफोन चलाउन र सिकाउन सहयोग गर्नका लागि आपूm ओमाहा जानका लागि तयार भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement