आज बर्षकै छोटो दिन र लामो रात

आज बर्षकै छोटो दिन र लामो रात


काठमाडौं – आज २२ डिसेम्बर अर्थात उत्तरी गोलार्धमा चिसा मौषमको सुरुवात भएको छ र यो चिसो २० मार्च सम्म चल्नेछ । यो अवसरमा गुगलले प्यारो डुडल बनाएको छ । यसमा हाम्रो पृथ्वी तथा मायालु खालको आइस म्यान बेबी देखाइएको छ ।

२२ डिसेम्बरमा वर्षको सबैभन्दा छोटो दिन र लामो रात हुने गर्छ । वर्षको सबैभन्दा छोटो दिनमा विन्टर सोल्सटिक अर्थात संक्रान्ति भन्ने गरिन्छ । आजको दिन पृथ्वी सूर्यको धेरै पर रहन्छ र पृथ्वीमा चन्द्रमाको प्रकाश धेरै बेर सम्म रहने गर्छ ।

विन्टर सोल्सटिक यस कारण हुन्छ कि पृथ्वी आफ्नो चक्करको अक्षमा लगभग २३.५ डिग्रीमा झुकेका कारण प्रत्येक गोलार्धमा वर्षभरी फरक–फरक मात्रामा सूर्यको प्रकाश प्राप्त हुन्छ । डिसेम्बर विन्टर सोल्सटिकको दिन जब सूर्यको सीधा किरण भूमध्य रेखाको दक्षिणतर्फ मकर रेखाका साथ पुगेपछि उत्तरी गोलार्धमा यो डिसेम्बर संक्रान्ति तथा दक्षिणी गोलार्धमा यसलाई जुन संक्रान्तिको रुपमा चिनिन्छ ।