वर्ल्ड वाईड च्याम्पियनसिपः नेपालले जित्यो ३ स्वर्णसहित १० पदक


काठमाण्डु – ओपन २०२० वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्णसहित १० पदक हात पार्न सफल भएको छ ।

पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको हो । नेपाली खेलाडी सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले उक्त स्वर्ण दिलाएका हुन् ।

२० देखि २१ नोभेम्बरसंम्म संचालित च्याम्पियनसिपमा नेपाल सहित १६ राष्ट्रका २५० खेलाडीहरुले आफ्नो कौशलता अनलाइन मार्फत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement