काठमाण्डु– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ ।
तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गर्यो ।
नेपालका लागि कप्तान इन्दु बर्माले अविजित सर्वाधिक २४ रन ,पुजा महतोले १४ रन जोडिन् ।
यसअघि पहिला ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाउदा वर्षा भएको थियो ।
डिएलएसका आधारमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।




प्रतिक्रिया