बझाङमा महिलाले आफ्नै लगानीमा निर्माण गरे छाउगोठ


सत्यराज सिहँ

बझाङ – केही समय अघि मात्रै साईपाल गाँउपालिकाले महिनावारी भएको समयमा घर भित्रै बस्नु पर्छ भन्ने अभियान संचालन गरेको थियो । विभिन्न सडक नाटक जनचेतना मुलक र अन्तरक्रिया कार्यक्रमहरु समेत संचालन गर्यो । स्थानीय तह र नेपाल प्रहरीको सांझेदारीमा गाँउ गाँउमा भएका छाउगोठहरु भत्काउने अभियान संचालन भयो, । तर साइपाल गाउंपालिकाका महिलाले आफ्नै लगानीमा छाउगोठ पुनः निर्माण गरेका छन् ।

वडा नम्बर १ देखी ५ सम्म नै उक्त अभियान अन्तरगत गाँउमा भएका छाउ गोठहरु भत्तकाईयो । लाखौ रुपैया लगानि गरेर छाउगोठ भत्तकाउनुका साथै विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरे पनि उक्त गाँउपालिकाका महिलाले आफ्नो नीजि लगानीमा पुन निर्माण कार्य गरेका छन् । अहिले फेरी यहाँका महिलाहरु महिनावारी (छाउ) भएको समयमा ओडार र खेतबारीको काल्लामा बस्ने गरेका छन । साईपाल गाँउपालिका वडा नम्बर ५ की धौली देवि बोहरा चैत महिनामा महिनावारी भइन् । साथमा एक बर्षका छोरा थिए । गाँउमा भएको छाउ गोठ भत्काएका कारण बस्न नमिल्ने भए पछि उनि गाँउ नजीकै रहेको धौलीओखड ओडारामा १ बर्षको छोरा सहित ५ दिन सम्म बस्नु परेको बताईन ।

उनी जस्तै यहाँका धेरै महिलाहरु अहिले ओडार र खेतबारीका काल्लामा बस्ने गरेको महिला स्वास्थ्य स्वंयमसेविका गंगा देवि बोहराले बताईन । यस्तै साईपाल गाँउपालिका वडा नम्बर ४ मा समेत उस्तै अवस्था छ । वडा नम्बर ४ को जगेरामा बझाङ जनप्रतिनिधी, प्रहरी र बुद्धीजीविहरुले मिलेर गाँउमा भएको एउटा छाउगोठ भत्काई दिए । घर भित्र महिनावारी भएको समयमा बस्न नमिल्ने भन्दै यहाँका महिलाहरुले छाउगोठ भत्काएको तिन चार महिना भन्दा बढी जगेरा खोलाको ओडारमा बस्ने गरेको स्थानीय बासिन्दा कटु रोकायाले बताए । झण्डै २६ परिवार बसोबार गर्ने यस गाँउका सबै महिलाहरु देवि देउताको डरका कारण महिनावारी भएको समयमा घर भित्र बस्न नमान्ने गरेको उनको भनाई छ ।

अहिले गाँउ भरिका महिलाहरु नै एक जुट भएर टिनका पातहरु खरिद गरी छाउगोठ निर्माण गरेराखेका छन् । गाँउकै मिस्तीरी (घर बनाउने मान्छे )लाई छाउगोठ चिन्न जीम्मा दिएर बझाका महिलाहरुले कसैले ढुङ्गा , कसैले माटो बोकेर नै छाउगोठ निर्माण गरेको स्थानीय पुतली रोकायाले बताईन । महिलाहरु दुःखी विरामी पर्दा सजीलो होस भन्ने उदेश्यले गाँउकै महिलाहरु मिलेर बनाएको कोष बाट झण्डै २०-२५ हजार रुपैया खर्च लगाएर नयाँ छाउ खुल्ला (छाउ गोठ ) निर्माण गरेको लक्ष्मी रोकायाले बताईन ।

अहिले यस गाँउका महिलाहरु आफु महिनावारी भएको समयमा उक्त छाउ गोठमा नै बस्ने गरेको बताउन्छन । उक्त गाँउको सिको गर्दै धुलीका महिलाहरु समेत सबै मिलेर रकम संकलन गरेर सबैको सांझा छाउ गोठ निर्माण गर्न थालेका छन । एक घर बाट कति रकम दिनु पर्ने हो ? थाहा छैन । स्थानीय बासिन्दा घुरन विकले भने । गाँउका सबै महिलाहरु अहिले गाँउ नजीकै छाउगोठ निर्माण गर्न थालेका छन । यता वडा नम्बर ४ कै शैनगाँउका महिलाहरु भने अहिले पनि खुल्ला आकास मुनी नै बस्ने गरेका छन । गाँउ नजीकै रहेको सार्वजनीक छाउपडी गोठ स्थानीय जनप्रतिनिहरु आएर भत्काई दिए पछि खोलाको छेउमा पर्ने भत्काईएको ठाँउमा नै महिनावारी (छाउ) भएका महिलाहरु आश्रय लिएर बाहीरी नै रात काट्ने गरेको स्थानिय महिलाहरुले बताए । हामी लागो देउतालाई पुजा आजा गर्ने मान्छे । छुवाछुत गरे पछि देउताले हामीलाई बसि खान दिन्न ।

घर भित्र बसौ भने पनि स –साना टहरा जस्ता छन । खाना पकाउने, सुत्ने सबै एकै ठाँउमा छ । अनि हामीले कसरी घर भित्र बस्नु स्थानीय महिला अमृता विकले भनिन । अरु छुवाछुत भन्दा पनि महिनावारी (छाउ) भएको समयमा बढी विभेद हुने गरेको यहाँका महिलाहरुले बताएका छन । पुरुषले घर भित्रै बस्न आग्रह गरे पनि देवि देउताको डरका कारण आफुहरु महिनावारी हुँदा र सुत्केरी भएको समयमा समेत छाउगोठमा नै बस्ने गरेको उनीहरुको भनाई छ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement