चिनियां राष्ट्रपति सी जिनपिङ चेन्नई पुगे, गर्भनर र मुख्यमन्त्रीले गरे स्वागत

चिनियां राष्ट्रपति सी जिनपिङ चेन्नई पुगे, गर्भनर र मुख्यमन्त्रीले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिनियां राष्ट्रपति सी जिनपिङ भारतको चेन्नई पुगेका छन् । दुई दिने भारत भ्रमणको क्रममा चिनियां राष्ट्रपति चेन्नई पुगेका हुन् । उनलाई चेन्नई विमानस्थलमा तमिलनाडुका गर्भनर बनवारीलाल पुरोहित, मुख्यमन्त्री इडापाड्डी के पलनिस्वामीलगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच दोस्रो अनौपचारिक शिखर सम्मेलन भारतको तमिलनाडुको महाबलीपुरमा हुंदैछ ।
राष्ट्रपति सी एयरपोर्टबाट आराम गर्न सिंधै होटल आईटिसी ग्रैण्डतर्फ लागेका छन् । त्यहाबाट उनको टिम महाबलीपुर जादैंछ । जहां भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी उनलाई स्वागत गर्न सैनिक हेलिकोप्टरबाट त्यहा पुगिसकेका छन् ।

दुवै नेताबीच व्यापार घाटा, सीमा विवाद र फाइव जीजस्ता मुद्दाहरुमा समेत छलफल हुने भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।

यस्तो छ भ्रमण तालिका
शुक्रबार

१२ :३० प्रधानमन्त्री मोदी चेन्नई पुग्ने
१२ः५५ मा हेलिकोप्टरबाट महाबलीपुरमा आउने
१ः३० मा चिनियां राष्ट्रपति सी चेन्नई पुग्ने
१ः४५ मा एयरपोर्टबाट होटल आईटिसी ग्रैण्ड जाने र आराम गर्ने त्यहीबाट महाबलीपुरमा जाने
५ बजे महाबलीपुरमा मोदीसंगै अर्जुनकी तपस्यास्थल,पंचरथ र शोरे मन्दिरको भ्रमण गर्ने
६ बजे सांस्कृतिक कार्यक्रम
६ः४५ बाट ८ बजेसम्म मोदी र राष्ट्रपति सीबीच डिनर
शनिवार
१० : १०ः४० सम्म दुवै नेताबीच भेटवार्ता
१०ः५० देखी ११ः४०बीच द्धिपक्षिय वार्ता
११ः४५ देखी १२ः४५सम्म दिवाभोज
२ बजे नेपालका लागी प्रस्थान