चिनियां राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध नयां उचाइमा :देउवा


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियां राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । काठमाडौं होटल सोल्टीमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटपछि पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले सीको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई नयां उचाइमा पुर्याएको बताएका छन् ।

दुई दिने भ्रमणका क्रममा नेपाल आएका चिनियां राष्ट्रपतिसँग शनिवार सांझ होटल सोल्टीमा भएको भेटपछि देउवाले दुवै देशले व्यापार, उर्जा र पूर्वाधारबाट फाइदा लिनुपर्ने बताए ।

सीसँग नेपाल र चीनबीचको द्वीपक्षिय सम्बन्धका बारेमा कुराकानी भएको देउवाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement