काठमाण्डु – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन कसैको धम्कीबाट नडराउने बताएका छन् ।
चीनको विजय परेडलाई सम्बोधन गर्दै उनले चीन कहिल्यै पनि धाकधम्की देखाउने कसैबाट नडराउने बताएका हुन् ।
चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडाइँ गरेका वीरहरूलाई सम्मान गर्न अपिल गर्दै सीले भने, ‘इतिहासले हामीलाई चेतावनी दिन्छ कि मानवतासँगै उठ्छ र सँगै पतन हुन्छ । चीन कहिल्यै पनि धम्की दिनेहरूबाट डराउँदैन र सधैं अगाडि बढिरहन्छ।’
परेडअघि नै राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए ।
यी तीनै नेता सार्वजनिक रुपमा एउटै ठाउँमा देखिएका यो पहिलोपटक हो । उनीहरू परेड हेर्न आएका विश्व नेताहरूको पंक्तिमा सबैभन्दा अगाडि बसेका छन् ।




प्रतिक्रिया