चिनियाँ राष्ट्रपतिको ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’को पाँचौँ खण्ड प्रकाशित

चिनियाँ राष्ट्रपतिको ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’को पाँचौँ खण्ड प्रकाशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनका राष्ट्रपति ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’को पाँचौँ खण्ड प्रकाशित प्रकाशित भएको छ । चिनियाँ र अंग्रेजी दुवै भाषामा प्रकाशित पुस्तक संसारभर उपलब्ध रहेको छ ।

सन् २०१४ यता ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’का चार खण्ड प्रकाशित भएका थिए । जसको नयाँ खण्ड हालै प्रकाशित भएको हो ।

यस खण्डमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का केन्द्रीय महासचिव एवं चिनियाँ राष्ट्रपति सीका २७ मे २०२२ देखि २० डिसेम्बर २०२४ सम्मका ९१ वटा वक्तव्य तथा लेखन सामग्री संकलित रहेका छन् । जसमा त्यही अवधिमा खिचिएका ४१ वटा तस्वीरहरू पनि समावेश गरिएका छन् । पुस्तकमा १८ वटा अध्याय रहेका छन् ।

पुस्तकमा सीको नेतृत्वमा सीपीसी केन्द्रीय समितिले अन्तर्राष्ट्रिय परिस्थितिहरू र आन्तरिक सुधार तथा विकासका कठिन कार्यहरूका बीचमा सम्पूर्ण रूपमा आधुनिक समाजवादी राष्ट्र निर्माणका लागि गरेका ठोस प्रयासहरू उल्लेख गरिएको छ ।