वुहाङ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच वान टू वान वार्ता भएकाे छ।
चीनको राजधानीभन्दा बाहिर इलाकामा पर्ने वुहाङमा अायाेजना गरिएकाे दुई दिने शिखर सम्मेलनका लागि त्यहाँ पुगेका माेदीले सीसँग शुक्रबार भेट गरेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
एक्लाएक्लै भेटवार्ताका क्रममा उनीहरुले विश्वव्यापी, क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा केन्द्रित भएर छलफल भएकाे उच्च अधिकारीले बताएका छन् ।
उक्त अवसरमा नयाँ दिल्लीबाट चीन पुगेको प्रतिनिधिमण्डलले बेइजिङले अघि सारेको ‘बेल्ट एन्ड रोड’, विश्व व्यापारका लागि आधारभूत संरचना, पाकिस्तान प्रशासित काश्मिरका प्रमुख कार्यक्रम लगायतका बिषयमा चासो उठाएको बताइएको छ । नयाँ दिल्लीले पाकिस्तानी काश्मिरी इलाकालाई गैरकानूनी रूपमा ओगटेको विवादित भूमिका रूपमा लिने गरेको छ ।
भारतीय प्रधानमन्त्रीको रूपमा मोदीको यो चौथो चीन भ्रमण हो । तर दुवै नेताबीच यसअघि यस्तो ‘अनौपचारिक शिखर वार्ता’ भएको थिएन।
दूरदर्शन न्युजका अनुसार माेदीले भारत तथा चीनको अर्थव्यवस्थाले विश्वका बाँकी देशको निम्ति निकै महत्त्व राख्ने उल्लेख गर्दै दुवै देशले विश्वमा शान्ति कायम राख्न ठूलो भूमिका निर्वाह गर्न सक्ने धारणा राखेका छन्।




प्रतिक्रिया