सी जिनपिङलाई तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुल्यो


काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङलाई सत्ता लम्ब्याउने बाटो खुलेको छ। चीनमा दुई कार्यकालसम्म मात्र राष्ट्रपति र उपराष्ट्रपति बन्ने पाउने संवैधानिक व्यवस्था रहेकोमा त्यहाँको सत्तारूढ कम्युनिष्ट पार्टीलेउक्त व्यवस्था हटाउन प्रस्ताव गरेको हो।

 

सो कदमले राष्ट्रपति जिनपिङलाई अहिलेको कार्यकाल सकिएपछि पनि पदमा निरन्तरता दिन बाटो खोल्नेछ।बैठकले सी चिनफिङको विचारधारालाई संविधानमा समावेश गर्न पनि प्रस्ताव गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

 

गत कात्तिकमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले सीको विचारधारालाई ‘सी चिनफिङ वाद’को नाम दिएको थियो। यो प्रस्ताव पारित भएमा उनी सन् २०२३ पछि पनि राष्ट्रपति पदमा रहिरहनेछन्। सन् २०१३ यता राष्ट्रपति रहेका सी र सत्तामा रहेका नेताहरूले सन् २०२३ मा सत्ता छाड्नुपर्ने हो।

 

पाँच–पाँच वर्ष गरी राष्ट्रपतिको कार्यकाल १० वर्षमा सीमित गर्ने परिपाटी सन् १९९० को दशकमा सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement