चिनियां राष्ट्रपतिसंग प्रचण्डले २० मिनेट, देउवाले ७ मिनेट भेट्ने

चिनियां राष्ट्रपतिसंग प्रचण्डले २० मिनेट, देउवाले ७ मिनेट भेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियां राष्ट्रपति सी चिनफिङसंग एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन्

नेताहरुले चिनियां राष्ट्रपतिसंग एक्लै भेट्ने चाहना व्यक्त गरेको स्रोतको दाबी छ तर, वैठकमा चिनियां पक्षबाट भने पुर्व स्टेट काउन्सिलर याङ जिची,सहित ७ जना सहभागी हुनेछन् टोलीमा डिङ्ग सुईसियाङ, विदेशमन्त्री वाङ यी, ही लिफेङ्ग र नेपालस्थित चिनियां राजदूत हो यान्छीलगायत छन्

चिनियां राष्ट्रपतिसंग बेइजिङमा वान टु वान भेटवार्ता गर्दै तत्कालिन नेकपाका माओवादीका अध्यक्ष प्रचण्ड ।

नेकपाको तर्फबाट विदेश विभाग प्रमुख समेत रहेका माधव नेपालसहित सचिवालयका सदस्यहरु सहभागी हुनेछन् सचिवालयमा रहेका मन्त्रीहरुको हकमा भने अझै टुंगो लागिसकेको छैन्   नेकपाका अध्यक्षसहितको टिमका लागी चिनियां पक्षले २० मिनेट समय दिएको छ चिनियां राष्ट्रपति सीलेवान टु वानभेटवार्ता गर्ने सम्भावना भे नरहेको स्रोतको दाबी छ

उहांले आफ्नो पक्ष्ँबाट अरु नेताहरु वा स्टाफ राखेर भेट्नुहुन्छ, नेपाली पक्षको त मलाई थाहां भएन्, मैले बुझेअनुसार उहांले वान टु वान भेट गर्ने कार्यक्रम छैन् चिनियां स्रोतले काठमाडौंपाटीलाई भन्यो

चिनियां राष्ट्रपति सी र भारतिय प्रधानमन्त्री मोदीबीचको वान टु वान भेटवार्ता ।

नेकपाका अध्यक्ष प्रचण्डसहितको प्रतिनिधीमण्डलसंग राष्ट्रपति सीले आइतबार बिहान साढे १० :३० देखी १०ः ५० सम्म २० मिनेट होटल सोल्टीमा भेटवार्ता गर्ने तय भएको छ त्यसैगरी पुर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासंग आजै रात्रिभोजअघि ७ मिनेटजती शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले पनि २ मिनेटजति शिष्टाचार भेट गर्ने बताइएको छ । देउवा पनि सीसंगको भेटमा एक्लै सहभागी हुने तयारीमा रहेको कांग्रेस नेता प्रकाशरण महतले जानकारी दिए राष्ट्रपति भण्डारी  र प्रधानमन्त्री ओलीसंग पनि राष्ट्रपति सीको सामुहिक रुपमै भेट्ने तयारी छ