चिनियां राष्ट्रपति सी चढ्ने कारको मुल्य ८ करोड ,जहाजको मुल्य २५० मिलियन डलर


काठमाडौंचिनियां राष्ट्रपति सी चिनफिङ  २ दिने राजकीय भ्रमणको लागी अहिले काठमाडौंमा छन् आजै दिउंसो उनि स्वदेश फर्कने कार्यक्रम छ शनिबार एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७४०० मार्फत  उनि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए

चिनियां राष्ट्रपतिको विमानबारे विश्वभरी नै चांसो छ विश्वका शक्तिशाली राष्ट्र प्रमुखहरु विदेश भ्रमणमा जांदा उच्च सुविधायुक्त निजी  विमानको प्रयोग गर्दछन् चिनियां राष्ट्रपति सीसंग भने निजी विमान नभएपनि एयर चाइनाको विशेष विमान उनले प्रयोग गर्दै आएका छन् जुन विमानलाई राडरले पनि देख्न सक्दैन्

सीले आफ्नो सरकारी भ्रमण र व्यापार यात्राका लागि एअर चाइनाको बोइङ ७४७४०० दुइटा विमान प्रयोग गर्दै आएका छन् निर्माणको समयमा यो  विमानको मूल्य २५० मिलियन डलर रहेको थियो

यी दुइटै विमान एअर चाइनाले नियमित यात्रु उडानको लागि प्रयोग गर्दै आइरहेको छ तर, राष्ट्रपति सीले आफ्नो विदेश बेला भने यही विमानलाई नै उनले प्रयोग गर्दै आएका छन् यात्रापुर्व विमानको पुरै जांच गरिन्छ त्यसको लागी समय पनि हप्ता दिन नै लाग्ने गर्छ   त्यतिमात्र होईन विमानका केही सिट हटाएर एक विशाल बैठक कक्ष, एक शयन कक्ष र कार्यालयमा बदलिन्छ

राष्ट्रपति सी विदेश भ्रमणबाट स्वदेश फर्किसकेपछि ती विमान एअर चाइनालाई दिइन्छ र फेरि नियमित यात्रु उडानका लागि प्रयोग गरिन्छ

चिनियां राष्ट्रपति चढ्ने जहाज मात्र होईन उनले चढ्ने कारको विषयमा पनि धेरैको मनमा जिज्ञासा छ उनले प्रयोग गरेको गाडी चीनमै उत्पादन भएकोहोङ्सी लिमोजिन एचक्यूईब्रान्डको गाडी हो े यो गाडीलाई कुनै पनि बम तथा गोलीको आक्रमण हुंदा पनि त्यसबाट सुरक्षित राख्दछ यो गाडी चीनमा सबैभन्दा महंगो गाडी हो उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता राख्दछ यो गाडी २ वर्ष लगाएर उत्पादन गरिएको हो हाल चीनमा १७ थान गाडी मात्र रहेका छन् चीनमा सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालिएको हो

प्रतिक्रिया दिनुहोस
Advertisement