सीमापार रेलमार्ग सम्भाव्यताको अध्ययन प्रक्रिया सुरु गर्ने चिनियां राष्ट्रपतिको घोषणा 

सीमापार रेलमार्ग सम्भाव्यताको अध्ययन प्रक्रिया सुरु गर्ने चिनियां राष्ट्रपतिको घोषणा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंचिनियां राष्ट्रपति सी जिनपिङले चीननेपाल सीमापार रेलमार्गको सम्भाव्यताको अध्ययनको प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका चिनियां राष्ट्रपतिको सीको सम्मानमा आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै सीले काठमाडौंसम्म बनाउने भनिएको रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया सुरु गर्ने घोषणा गरेका हुन् उनले नेपालसंग बढीभन्दा बढी सीमा नाका खोल्न चीन तयार रहेको धारणा राखे

सीले अरनीको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नती गर्ने तथा केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गलाई अघि बढाउन पनि चिनियां सरकार तयार रहेको बताए   उनले  नेपालको राजीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा निकै हर्षित भएको भन्दै आफ्ना नयां र पुराना साथीहरुसंग भेट हुंदा खुसी लागेको अनुभव सुनाए 

चीन र नेपालको सम्बन्धमा कुनै समस्या नरहेको र मित्रता मात्र रहेको राष्ट्रपति सीको भनाई थियो

चीन र नेपालबीच दोहोरो सम्बन्ध स्थापना भएको आधा शताब्दीभन्दा बढी अवधिमा दुई देशले छिमेकी मुलुकहरुबीच मैत्रिपूर्ण सम्बन्धको विश्वभर नमुना पेश गरेको उनले बताए

सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी र मैले दुई पक्षले चुनौति र कठिनाइ सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धि तर्फ उन्मुख हुने पुस्तौंपुस्ताको मैत्रिपूर्ण सम्बन्ध र रणनीतिक साझेदारी गर्ने सम्बन्ध स्थापना गर्ने निर्णय गरेका छौं राष्ट्रपति सीले रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्दै भने