चिनियाँ राष्ट्रपती सी स्वदेश फिर्ता, बिदाईका लागी राष्ट्रपति नै विमानस्थलमा

चिनियाँ राष्ट्रपती सी स्वदेश फिर्ता, बिदाईका लागी राष्ट्रपति नै विमानस्थलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं —चिनियाँ राष्ट्रपती सी जिनपिङ स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका सी आइतबार स्वदेश फर्किएका हुन् ।

करिब २१ घण्टाको बसाई रहेको चिनियाँ राष्ट्रपती सीको विदाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुरलगायत उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । सीले नेपाल रहँदा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसंग भेटवार्ता गरेका थिए ।

उनको विदाईमा आज देशभर सार्वजनिक विदा गरिएको छ भने विमानस्थलमा झाकी नाँच निरन्तर देखाइएको थियो ।