चीनको राष्ट्रिय सुरक्षा नियम संशोधन, चीनले अब सशस्त्र बलहरूलाई युद्धको तालिम दिने

चीनको राष्ट्रिय सुरक्षा नियम संशोधन, चीनले अब सशस्त्र बलहरूलाई युद्धको तालिम दिने


एजेन्सी – चीनले राष्ट्रिय सुरक्षा नियम परिवर्तन गरेको छ । चीनका राष्ट्रपति सी चिनफिङले सोमवार मुलुकका सशस्त्र बलहरूलाई युद्धका लागि परिचालन गर्न तालिम दिने एक आदेशमा हस्ताक्षर गरेका छन् ।

योसँगै सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी)लाई युद्धको तयारी र क्षमता बढाउने विषयमा थप अधिकार हुनेछ । सिन्ह्वाका अनुसार सी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका महासचिव र सीएमसीका प्रमुख पनि हुन् ।

उक्त आदेशमा वास्तविक युद्धका परिदृश्यमा सैन्य तालिमलाई बलियो बनाउन जोड दिएको छ भने युद्ध क्षमतालाई अद्यावधिक गर्नका लागि विज्ञान तथा प्रविधिलाई प्रवर्द्धन गर्न सैन्यबलहरूलाई निर्देशन दिएको छ ।