काठमाण्डु- अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियां राष्ट्रपति सी चिङफिङबीच आज भेटवार्ता हुंदैछ । तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका ट्रम्पले अहिले केहिबेरमै सीसंग भेटवार्ता गर्दैछन् । दुवै नेताबीचको भेटवार्तालाई विश्वभर महत्वका साथ हेरिएको छ ।
अमेरिकी राष्ट्रपति ९ वर्षपछि चीन पुगेका हुन् । उनलाई बेइजिङ अन्तर्राष्ट्रिय विमान विमानस्थलमा चनियां उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए ।
दुवै नेताबीच विश्व शान्ति, इरान प्रकरण र द्धिपक्षीय हितल र मुख्यगरी व्यापारसम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । त्यसका साथै ताइवान प्रकरण, चीनमा पक्राउ पारेका पास्टर इज्रा मिग्री र हङकङको एप्पल डेलिका संस्थापक जिम्मी लाईलाई रिहा गर्न समेत ट्रम्पले चिनियां समकक्षीसंग प्रस्ताव गर्ने अन्र्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।




प्रतिक्रिया