चीनले पश्चिमा विचार धाराको नक्कल गर्न खोज्नु हुँदैनः राष्ट्रपति सी

चीनले पश्चिमा विचार धाराको नक्कल गर्न खोज्नु हुँदैनः राष्ट्रपति सी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको मार्क्सवादी राजनीति र अर्थतन्त्रले निरन्तर परिवर्तन भइरहेको बताएका छन् । राष्ट्रपति सीले चीनले आफ्नो भविष्य निर्माण गर्ने आधार भएको बताएका छन् ।

‘चीनको राजनीतिक अर्थव्यवस्थाको जग मात्र मार्क्सवादी राजनीतिक अर्थव्यवस्था हो । अन्य आर्थिक सिद्धान्तमा आधारित छैन’, उनले भने ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सीले समाजवादी प्रणालीको आधारस्तम्भ भएको बताए ।

उनले विश्वव्यापी व्यवस्थापछि भविष्यमा अर्थतन्त्रलाई सुदृढ पार्नु पार्टीका लागि ठूलो परीक्षा हुने बताएका हुन् । उनले चीनले यसको सार्वजनिक स्वामित्वमा रहेको अर्थव्यवस्थालाई समर्थन र विकास गर्न जरुरी रहेको बताए ।

‘सार्वजनिक स्वामित्वको प्रधानता र अर्थतन्त्रमा राज्यको नेतृत्वलाई हल्लाउन सकिन्न,’ सीले भनेका छन्, ‘चीनले पश्चिमा विचारधारा वा पुँजीवादी प्रणालीको नक्कल गर्न खोज्नु हुँदैन । धेरै पुँजीवादी मुलुकहरुले आर्थिक मन्दी, बेरोजगारी, बढ्दो ध्रुवीकरण, गहिरिँदो सामाजिक द्वन्द्वजस्ता समस्या खेपिरहेका छन् ।’