चिनियाँ राष्ट्रपति सीसँग नेकपा नेताहरूको सामुहिक भेटवार्ता


काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरुसँग सामूहिक भेटवार्ता गरेका छन् ।आइतबार होटल सोल्टीमा प्रचण्ड नेतृत्वको नेकपाका नेताहरु र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच सामूहिक भेटवार्ता भएको हो ।

भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् ।

सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको छ । दुई दिने राजकीय भ्रमणका लागि शनिवार काठमाडौं आएका राष्ट्रपति शीले शनिवार नै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरेका थिए । सी आइतबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement